images

नेपाली कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौँ-नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्ने भएको छ । बैठक दिउँसो ३ बजे नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

बैठकमा एमालेसँगको सत्ता सहकार्यको सहमतिबारे जानकारी गराइने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने जनाइएको छ।