images

एकीकृत समाजवादीको केन्द्रीय कमिटीबाट हटाइए प्रेम आले

काठमााडौं– नेकपा एकीकृत समाजवादीले प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ।

 

शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम समावेश छैन। यसअघि आले पोलिटब्यूरो सदस्य थिए।

तर पहिलेको पोलिटब्यूरो सदस्यहरूलाई राखेर बनाइएको केन्द्रीय कमिटीमा आलेको नाम राखिएको छैन। पार्टी प्रवक्ता एवं उपमहासचिव जगनाथ खतिवडाका अनुसार, केन्द्रीय सदस्यबाट आलेलाई हटाइएकाले उनको नाम समावेश नगरिएको हो।

‘प्रेम आले महाधिवेशनमा हुनुहन्थेन। महाधिवेशनमा नआउनेलाई केन्द्रीय कमिटीमा नराख्ने निर्णयमा उहाँ पनि पर्नुभयो’, खतिवडाले भने।

आले डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। एमाले विभाजन भएर २०७८ मा एकीकृत समाजवादी बन्दा उनले माधवकुमार नेपालाई साथ दिएका थिए।

आफूले बहिष्कार गरेको महाधिवेशनले गरेको निर्णयको अर्थ नरहने पनि उनले बताए। ‘मलाई अब पार्टीप्रति रुचि छैन। जनताप्रति उत्तरदायी हुने हो, स्वतन्त्र भएर जनताको काम गर्ने हो’ उनले भने।