images
images

नेकपा (एस) समाजवादी मोर्चामा सहभागी हुने

काठमाडौं, १ असार । नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी हुने भएको छ । आज (शुक्रबार) बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । केही दिनभित्र नै समाजवादी मोर्चा घोषणा हुने तयारी रहेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी मोर्चामा सहभागी हुने र त्यसका लागि सबै आन्तरिक तयारी पूरा भइसकेको बताए ।