images

शेखर कोइराला र प्रचण्डबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। बदलिँदो राजनीतिक परिस्थिति र बहुमत गुमेको पृष्ठभूमिमा राजीनामा नगरी सदनमा विश्वासको मत खोज्ने विकल्प रोजेका प्रचण्ड र नेपाली कांग्रेसका प्रभावशाली नेता कोइरालाबीच शनिबार बिहान भएको भेटलाई राजनीतिमा महत्त्वका साथ हेरिएको छ।

प्रधानमन्त्री दाहाल अल्मतमा परेपछि उनले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिन असफल भए नयाँ सरकार गठन संविधानको धारा ७६ को ३ अनुसार हुनुपर्ने दाहालको चाहना छ ।

यस्तोमा ठूलो दलको नाताले सरकारको नेतृत्व स्वतः नेपाली कांग्रेसले गर्ने उनको बुझाई छ। एमालेले भने प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने अडान लिएको थियो ।

यही सन्दर्भमा कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री दाहालसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । कोइरालालाई पछिल्लो समय दलको नेता बन्नको लागि उनका समूहका नेताहरुको दबाब छ ।

प्रचण्डले आफूले विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा ठूलो दलको हैसियतले देउवालाई प्रधानमन्त्री बनाउन कसरत स्वरूप अन्य नेताहरूसँग पनि छलफलको तयारी गरेकाे बुझिएको छ।