images

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान साढे नौ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गरिने पार्टी प्रमुख सचेतक सन्तोष परियारले बताए ।

 यतिबेला रास्वपा पनि प्रचण्ड नेतृत्व सरकारका सहभागी छ । पछिल्लो समय कांग्रेस-एमालेबीच गठबन्धन भएपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ ।

२८ असारमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् ।

 यसअघि एमालेले समर्थन फिर्ता लिएपछि रास्वपाका मन्त्रीहरू राजीनामापत्र बोकेर बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले आग्रह गरेपछि उनीहरूले राजीनामा बुझाएका थिएनन् ।