images

राजनीति सफा नभई मुलुक बन्दैनः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडाैँ – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नभई देश नबन्ने बताएका छन्।

शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रमाम बोल्दै उनले राजनीति सफा नभई मुलुकमा विद्यमान कुनै पनि समस्या समाधान नहुने दाबी गरे।

उनले मुलुकमा सहकारी क्षेत्रमा देखिएको समस्या पनि राजनीतिक दलहरुको संरक्षणको कारण भएको बताउनु भयो। राजनीतिक दल र नेताहरुले सहकारीका सञ्चालकहरुलाई संरक्षण गर्न खोज्दा सहकारीमा समस्या देखिएको उपप्रधानमन्त्री श्रेष्ठको जिकिर थियो। उनले राजनीतिक दलहरुले आफ्नालाई संरक्षण गर्न प्रहरी प्रशासनलाई पनि त्यसको अनुसन्धान गर्न नदिएको बताए।

उनले भने, ‘नेपालको राजनीतिको समस्या म यहाँ चर्चा गर्न चाहन्न। त्यो राजनीति सफा नभईकन अरु समस्या समाधान हुनेवाला छैन। त्यसैले मैले बारम्बार भन्ने गरेको छु–राजनीति सफा नगरीकन यो देश बन्दैन भन्ने कुरा अत्यन्तै महत्वको साथ आत्मासात गर्नुपर्ने अहिलेको अवस्था हो। जतिसुकै गरेपनि राजनीतिले मुख्य भुमिका खेल्छ। सहकारीमा नै यस्तो समस्या किन आयो रु एउटा त अनुगमन भएन। दोस्रो ती सहकारीका संचालक, मालिकहरु आ–आफ्नो पार्टी र नेताका छन। तिनलाई त रक्षा गर्नुपर्छ भनेर लागिने भइयो। अनि पुलिसहरुलाई पनि त्यही अनुसार मिलाउनुपर्ने होला। अनि अनुसन्धान गर्न पुलिस पठायो भने जसले अनुसन्धान गर्छु भन्छ, उसलाई फालिदिने काम हुन्छ। यहाँ त राम्रो काम गर्ने त टिक्न गाह्रो छ नि।’

उपप्रधानमन्त्री श्रेष्ठले सहकारी समस्या समाधानका लागि भईरहेका प्रयासप्रति पनि असन्तुष्टि व्यक्त गरे।