images
images

नेपाल भ्रमणमा आउने बुद्धिष्ट भिक्षु, भिक्षुणीहरुलाई विमानस्थलमा फाष्टट्रयाकको व्यवस्था हुनुपर्छ : एकनाथ ढकाल

मिति २०८० साल असार १ गतेको प्रतिनिधि सभाको बैठकमा सांसद एकनाथ ढकालले उठाउनु भएको बिषय :-

सभामुख महोदय,
नेपाल भगवान गौतम बुद्धको जन्मस्थान। नेपाल सरकारले नेपाल भ्रमण दशक घोषणा गरेको छ। नेपाल भ्रमणमा आउने बुद्धिष्ट भिक्षु, भिक्षुणीहरु हुनुहुन्छ । उहाँहरुले नेपालको एयरपोर्टमा अपमानजनक व्यवहार व्यहोर्नुपरेको गुनासो गर्नुभएको छ ।त्यसकारण म सम्माननीय सभामुख महोदय मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, एयरपोर्टमा भिक्षु, भिक्षुणीहरुका लागि फास्ट ट्रयाकको व्यवस्था गरियोस् जुन धेरै बौद्धमार्गि देशहरुमा पनि त्यो व्यवस्था छ । नेपालमा पनि त्यो व्यवस्था गरियोस् भनेर म सरकारसँग माग गर्न चाहन्छु ।