images
images

आज वैदेशिक रोजगार विभागको सिस्टम अवरुद्ध हुने

काठमाडौँ । बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागले आज असार १ गतेदेखि ताहाचलबाट सेवा दिन थालेको छ ।

सेवाग्राहीको चाप बढी हुँदा ठाउँ अभाव भएको भन्दै बुद्धनगरमा रहेको विभागको कार्यालय वैदेशिक रोजगार कार्यालय ताहाचल परिसरमै सरेको विभागले जनाएको छ ।

असार १ गते बेलुका सर्भर तथा अन्य उपकरणहरू सार्ने भएकाले वेबसाइटमा समस्या आउन सक्नेछ ।

विभागको वेबसाइट  dofe.gov.np, foreignjob, dofe.gov.np र वैदेशिक रोजगार कार्यालयको वेबसाइट feo.gov.np आंशिक तथा पूर्ण रूपमा अवरुद्ध हुन सक्ने विभागले जनाएको छ ।

यसका साथै सिस्टमबाट इमेलमा प्राप्त हुने ओटिपी समेत प्राप्त हुने छैन । यो समयमा एसएमएसबाट भने ओटिपी कोड लिन सकिने छ ।