images

कसले रोकेको छ? खोल्नुस् न फाइल ,जनतालाई भ्रमित नपार्नुस् –ज्ञानेन्द्र शाही

काठमाडौं– सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई झुठा आश्वासन देखाएर जनतालाई भ्रमित नपार्न आग्रह गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले फाइल खोल्न कसैले नरोकेको र अझै सरकारमा ७ दिन रहने भएकाले फाइल खोल्न आग्रहसमेत गरे।

‘फाइल खोल्दै थेँ त्यहिभएर सरकार ढल्न लाग्यो। अझै ७ दिन छ। फाइल खोलौं। झ्याम की झ्याम यहीबाट पक्राउ गरेर जेल हालौं, हामी साथ र समर्थन गर्छौं। खोल्नुस् न फाइल कसले रोकेको छरु किनभने आज पनि सरकार छ। यो जनतालाई कति भ्रमित पार्ने होरु’उनले भने।

यस्तै उनले निर्मला पन्तको हत्यारालाई ७२ घन्टामा पत्ता लगाउँछु भन्दै गृहमन्त्री लामिछानेले आश्वासन देखाएर भोट मागेको तर जनताले भोट हालेर जिताएपछि सरकारमा बसेको १२४ दिनसम्म केहि पनि गर्न नसकेको दाबी गरे।

‘मलाई मेरा गृहमन्त्रीज्यूबाट के माग्नु छैन, जिबी राई पक्राउ गरेर ल्याउनुस्, यही संसदमा हामी फूलमालाले स्वागत गर्छौँ। अरु केही गर्नु पर्दैन,’ उनले भने।