images

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ। बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ।

 

संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेश गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचारका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।