images
images

प्रधानन्यायाधीश कार्कीले लिए शपथ

काठमाडौँ– नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

कार्कीले शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएका कार्की शुक्रबार प्रधानन्यायाधीशमा नियुक्त भएका हुन्।

संसदीय सुनवाइ सम्पन्न भई संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको पत्र पुगेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।