रुस–भारत वार्षिक शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी रुसमा [तस्बिरमा हेर्नुहोस्]

काठमाडौं -भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल सम्हालेपछि पहिलो विदेश भ्रमणको रुपमा रुस पुगेका छन् ।

मोदी २२औँ रुस–भारत वार्षिक शिखर सम्मेलनका लागि मस्को पुगेका हुन् । मोदीलाइ रुसको विमानस्थलमा गार्ड अफ अनर दिइएको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा दुई दिने भ्रमणका लागि रुस पुगेका उनलाई प्रथम उपप्रधानमन्त्री डेनिस मान्तुरोभले स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मोदीले रुसी राष्ट्रपतिसँग २२औँ रुस–भारत वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन् ।

– भारतीय प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति पुटिनसँगको भेटका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

उनले लेखेका छन्, ‘नोभो-ओगारियोवोमा सत्कारका लागि राष्ट्रपति पुटिनप्रति आभारी छु । मंगलबार पनि हाम्रो कुराकानीको पर्खाइ छ जुन भारत तथा रुसबीचको सम्बन्ध अझ मजबुत बुनाउन सहयोगी सावित हुनेछ ।’

भेटमा रुसी राष्ट्रपति पुटिनले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेकोमा मोदीलाई बधाई दिएका छन् । मोदीलाई मस्को विमानस्थलमा रुसी सेनाको एक टुकडीले गार्ड अफ अनर समेत दिएको थियो ।