images

मुकुललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न अनुशासन आयोगको सिफारिस

काठमाडौं– रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ।

रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो। थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो।

सो सिफारिसबारे जारी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ। रास्वपाका एक नेताका अनुसार आयोगको सिफारिसमाथि छलफल गरेर केन्द्रीय समितिले आवश्यक निर्णय लिनेछ।