images

मुकुल ढकाल भन्छन्- रवि लामिछाने क्लबबाट निष्कासित भएपनि घण्टी बज्न रोकिँदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सबै पदबाट हटाइएका मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको टिप्पणी गरेका छन् ।

पार्टीले आफूलाई महामन्त्री र प्रवक्ता पदबाट हटाएपछि ढकालले यस्तो बताएका हुन् ।

‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि…’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई कारबाही गरेको हो ।

अभद्र, अमर्यादित, अशोभनीय र पार्टी हित विपरित काम गरेकोमा पार्टी अनुशासन विभागले गरेको सिफारिस बमोजिम कारबाहीको निर्णय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।