images

सहकारीपीडितसँग आज छलफल गर्दै संसदीय छानबिन विशेष समिति

काठमाडौं -सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले बुधबार पीडितसँग छलफल गर्ने भएको छ। बैठकमा २९ वटै सहकारी र अरू पनि सहकारीका प्रतिनिधिमूलक पीडितलाई बोलाएको समितिले जनाएको छ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदको सार्वजानिक लेखा समितिको हलमा बस्ने समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए। उनका अनुसार समितिले एक महिनाको अवधिमा विभिन्न सरोकारवालासँग अन्तरक्रिया मात्रै गरेको छ।

बुधबारदेखि पीडितसँग छलफल गर्ने हुँदा समस्याको खोजी र समाधानका उपायबारे केन्द्रित हुने दाहालले बताए। छानबिन समितिले ३ महिनाको समय पाएको छ।

समितिलाई समस्यामा परेका बचतकर्ताको रकमका बारेमा अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्थाबारे अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानूनबमोजिम प्रक्रिया पूरा भएरनभएको अध्ययन गर्नेलगायत जिम्मेवारी दिइएको छ।