images

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

काठमाडौँ -क्यानडालाई २–० ले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अब फाइनलमा उसले कोलम्बिया अथवा उरुग्वेमध्ये एकको सामना गर्नेछ ।

अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले पहिलो हाफको २३ औं मिनेट गोलको खाता खोले । त्यसपछि कप्तान लियोनल मेसीले ५१ औं मिनेटमा दोस्रो गोल थपे । यस प्रतियोगितामा मेसीको यो पहिलो गोल हो ।

यससँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सूचीको दोस्रो स्थानमा उक्लिएका छन् । उनको यो अर्जेन्टिनाका लागि १ सय ९ औं गोल हो । उनले इरानका अली दाइलाई उछिनेका हुन् । दाइले १ सय ८ गोल गरेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १ सय ३० गोलसहित शीर्ष स्थानमा छन् ।