images

दाहाल, देउवा र ओलीको शैली मन पर्ने लामिछानेलाई मेरो परेन : मुकुल ढकाल

काठमाडौँ – कारबाहीमा परेका रास्वपाका नेता मुकुल ढकालले सभापति रवि लामिछानेमाथि सत्ता लिप्साको आरोप लगाएका छन्।

पार्टीमाथि आएको संकट समाधानका लागि आफूले प्रस्ताव राख्दा सभापति लामिछाने नियोजित रुपमा लागि परेको दाबी गरेका हुन्। उनले बुधबार पत्रकार सम्मेलन गर्दै लामिछानेलेलाई पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाको शैली मन परेकाले आफ्नो कार्यशैलीमाथि प्रश्न उठाएको उल्लेख गरे।

उनले लामिछाने अझै पनि संविधानको धारा ७६ (३) अनुसार देउवाको नेतृत्वमा सरकार बन्ला भनेर गृहमन्त्रीको पदमा बसिरहेको आरोप लगाए। पत्रकार सम्मेलनमा ढकालले भने, ‘अझै पनि उहाँ देउवाको सरकार बन्ला ७६ (३) भनेर कुरेर बस्नु भएको छ। त्यहीँ भएर सरकार छाड्नुभएको छैन। ओली, दाहाल, देउवाको शैली मन पर्नेलाई मेरो मन नपर्नु स्वभाविक हो।’

ढकाले लामिछानेका सहयोगीले आफूलाई पटक पटक कुटपिट गर्न खोजेको आरोप लगाए। ‘मलाई पटक पटक दीपक बोहोराले पिट्न आए। म नरम भएर बसेको हो।’
उनले आफूलाई केन्द्रीय सदस्यहरुले कडा रुपमा प्रस्तुत भइदिनुहोस् भनेपछि फरक शैलीमा प्रस्तुत भएको बताए। उनले भने, ‘मलाई केन्द्रीय सदस्यले पार्टी जोगाउन कडा भइदिनुहोस्। भनेर पटक पटक भनेकाले यो शैलीमा प्रस्तुत भएको हो।’

उनले आफूलाई महामन्त्री र प्रवक्ताको पदबाट निलम्बनमा नपरेको दाबी गरे। आफू रवि लामिछानको क्लबबाट मात्रै निस्कासनमा परेको उल्लेख गरे।