images

कुमारी बैंक कर्मचारी युनियनकी नेत्री तृप्ती राणा पक्राउ, बैंकले नै दिएको थियो उजुरी

काठमाडौं । कुमारी बैंक कर्मचारी युनियनकी नेत्री तृप्ती राणा पक्राउ परेकी छिन् ।

बैंकको कुमारीपाटी शाखामा कार्यरत उनलाई कार्यालयबाटै पक्राउ गरिएको प्रहरीले बताएको छ ।

विदेशमा रहेका आफ्ना आफन्तलाई पैसा पठाउने नाममा हुण्डी कारोबार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनले बैंकमा पटक–पटक ठूलो रकम जम्मा गर्ने र झिक्ने गरेको देखिएपछि बैंकले नै उनीविरुद्ध प्रहरीमा उजुरी दिएका बताइएको छ ।

जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरेर उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।