काठमाडौँ- गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कर्मचारी पक्राउ परेका छन् । गृह मन्त्रालयमा कार्यरत कम्प्युटर अपरेटर निर्मल विष्टलाई प्रहरीले पक्राउ गरेको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले रातोपाटीलाई बताए ।
भिजिट भिसामा हिँडेका २० जना थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जिकिर गरेको छ । विष्ट २०७५ देखि कम्प्युटर अपरेटरको रूपमा गृहमा कार्यरत थिए ।