images

आरबीबी सेक्युरिटिजले सेयर ब्रोकरको रुपमा गर्न थाल्यो काम, मार्जिन सेवा पनि दिने तयारी

२७ असार, काठमाडौं-सेयर ब्रोकर कम्पनी आरबीबी सेक्युरिटिजले व्यावसायिक कारोबार सुरु गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी आरबीबी सेक्युरिटिजले २६ असार बुधबारदेखि व्यावसायिक कारोबार सुरु गरेको हो ।

 करोड चुक्ता पूँजी सहित सीमित कारोबार गर्ने गरी इजाजत लिएको कम्पनीले धितोपत्र दलालको रुपमा ग्राहकलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।

कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट ३२ साउन २०८० मा स्वीकृति प्राप्त गरेको थियो ।

कम्पनीले ३ माघ २०८० मा नेपाल स्टक एक्सचेन्जबाट सेयर ब्रोकर ९७ नम्बरबाट कारोबार अनुमति पाएको थियो ।

कम्पनीलाई सीडीएस एन्ड क्लियरिङले २३ माघ २०८० मा राफसाफ सदस्यता समेत प्राप्त गरिसकेको छ ।

कम्पनीले प्रारम्भिक चरणमा ग्राहकलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरी मार्जिन, थोक कारोबार तथा अन्य पूँजीबजार सम्बन्धी सेवाहरू प्रदान लक्ष्य लिएको जनाएको छ ।

कम्पनीले प्रारम्भिक चरणमा ग्राहकलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र भविष्यमा नियामकबाट अनुमति प्राप्त गरी मार्जिन, थोक कारोबार र पुँजीबजार सम्बन्धी अन्य सेवा प्रदान गर्ने राष्ट्रिय वाणिज्य बैंकले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।