images

रास्वपा संसदीय दलको बैठक सिंहदरवारमा जारी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक अहिले बसिरहेको छ।

संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वास मतबारे छलफल भइरहेको हो।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि रास्वपाका चार जना मन्त्रीले राजीनामा दिने तयारी गरेका थिए। तर प्रधानमन्त्रीले विश्वासको मत लिने बताएपछि उनीहरू रोकिए।

प्रधानमन्त्री दाहालले आज संसदमा विश्वासको मत लिन लागेका छन्।