images
images

गण्डकी प्रदेशको बजेट ३३ अर्ब ४२ करोड ७२ लाख

काठमाडौं । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

शुक्रबार गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले बजेट प्रस्तुत गर्नुभएको हो।

सरकारले ल्याएको बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात कुल विनियोजित बजेटको ३८.१ प्रतिशत विनियोजन भएको छ ।

पुँजीगततर्फत २० अर्ब १९ करोड अर्थात ६०.४ प्रतिशत बजेट ल्याइएको छ । सरकारले १ अर्ब ७० करोडको घाटा बजेट ल्याएकोे हो । यसरी कम हुन आउने बजेट आन्तरिक ऋणबाट पूर्ती हुने व्यवस्था मिलाएको अर्थमन्त्री आलेले बताउनुभयो ।

आगामी आर्थिक वर्षमा खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ७ अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँडबाट ९ अर्ब ५ करोेडकोे अनुमान गरिएको छ । रोयल्टी बाँडफाँडबाट ४० करोड, ससर्त अनुदानतर्फत ४ अर्ब ९४ करोड, समपूरक अनुदानतर्फ ८४ करोड, विशेष अनुदानतर्फ ७० करोड प्राप्त हुने अनुमान गरिएको छ ।

गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमार्फत नगद अनुदानका कार्यक्रम कटौती गर्दै उत्पादनमा आधारित बनाएको छ । सरकारले ल्याएको बजेटमा मन्त्री र सांसदकै पहुँचका भरमा योजनाहरु परेका छन् । तिनै सांसदले बजेटमार्फत आफ्ना योजनामा हाल्ने थप बजेटको पनि व्यवस्था गरिएको छ ।