images
images

रौतहटमा जन्ती बोकेको गाडी नहरमा खस्यो, २ जनाको मृत्यु

काठमाडौं : रौतहटमा जन्ती बोकेको स्कारपियो गाडी नहरमा पल्टिँदा २ जनाको मृत्यु भएको छ।

आज विहान रौतहटको गढिमाई नगरपालिका–६ सिङगारमनस्थित भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहरीबाट सर्लाही तर्फ जन्ती बोकेर जाँदै गरेको भारतीय नम्बरको एचआर ७० डी ८३८२ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई नहरमा पल्टिएर हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एलिजा गिरीले जानकारी दिइन्। 

मृत्यु हुनेमा काठमाडौंका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ, सर्लाही चक्रघट्टा गाउँपालिका –३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी ७ वर्षीय स्वेता पंडितको मृत्यु भएको गिरीको भनाइ छ। घाइते १३ जनाको रौतहटका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।