images
images

‘अब त मलाई ठग प्रमाणित गर्न पनि कुनै आपत पर्दैन होला, गर्नुस् ठग प्रमाणित’: लामिछाने

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई अब जेल हाल्न सकिने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा शुक्रबार प्रधानमन्त्रीले मागेको विश्वासको मतको जवाफ दिँदै मन्त्री लामिछानेले अब सहकारी काण्डमा आफूलाई ठग प्रमाणित गरी जेल हाल्न सक्ने बताएका हुन्। 

‘अब त संसदीय समितिमा पनि तपाईंहरूको बहुमत भयो होला । अब त मलाई ठग प्रमाणित गर्न पनि कुनै आपत पर्दैन होला। गर्नुस् ठग प्रमाणित।’ उनले भने, ‘यो देशमा कोही न कोही जेल जानुपर्छ, सुरूवात मबाट गर्नुस् । म तयार छु तर सत्यबाट विमुख हुनेवाला छैन।’

आफ्नो कार्यकालमा औपचारिक उद्घाटनमा रुची नभए पनि आफूले नेपालगन्जमा एउटा जेलको उद्घाटन गरेको उनले सुनाए।

‘किनकि मलाइ थाहा छ राम्रो काम गर्न सकिएछ, साथ पाइएछ भने भ्रष्टहरूलाई जेलमा हाल्छु। सकिनछु भने तिनले मलाई जेल हाल्नेछन्। त्यसकारण मैले जेलको उद्घाटन गरेर आएको छु।’