images
images
images

नयाँ सरकार बन्ने भएपछि पुरानै लयमा फर्कियो शेयरबजार, लगानीकर्ता उत्साहित

अर्थमन्त्रीमा एमालेका वष्णिु पौडेलको चर्चा चलेसँगै लगानीकर्ता उत्साहति भएको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन्

काठमाडौं- नेप्से परिसूचकले यो साता २२ सय बिन्दु नाघेको छ । यो एक वर्षअघिको अवस्थामा पुगेको हो । २०८० साउन ८ मा नेप्से २२००.५० विन्दुमा पुगेको थियो ।

लगानीकर्ता बजारप्रति सकारात्मक हुँदा त्यसको प्रभाव शेयर बजारमा परेको हो । सोही कारण कारोबार रकम पनि बढेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीचको नयाँ सत्ता समीकरण बनेसँगै शेयर बजारमा सकारात्मक प्रभाव देखिएको थियो ।

अर्थमन्त्रीमा एमालेका विष्णु पौडेलको चर्चा चलेसँगै लगानीकर्ता उत्साहित भएको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताएकी छिन् । विगतमा उनी अर्थमन्त्री हुँदा शेयर बजारका लगानीकर्ताले रुचाएका कारण बजार बढेको थियो ।

यस्तो अवस्थामा अव आउने चैतमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सेवा अवधि पूरा हुँदैछ । उनले पनि आफू जाँदाको वर्षमा मौद्रिक नीति वित्त नीतिले मागे जस्तो ल्याउन सक्ने देखिएको छ । यो भन्दा अघि वित्त नीतिले मात्रै पुँजी बजारलाई चलायनमान बनाउन नसक्ने भन्दै लगानीकर्ताले केन्द्रीय बैंकको बिरोध गर्दै आएका थिए । राष्ट्र बैंकले घरजग्गा कारोबार र शेयर बजारमा हस्तक्षेप गरेको कारण बजारले गति लिन नसेको गुनसोलाई यो पटकको मौद्रिक नीतिले सम्बोधन गर्नेमा सबै लगानीकर्ता आशाबादी रहेका छन ।

 

त्यसैले केन्द्रीय बैंकले आगामी साउन पहिलो साता केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउँदैछ । उक्त नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा बजारले गरेको छ । मौद्रिक नीति लचक आउने र बजारलाई थप सहयोग पुग्ने अपेक्षाले पनि शेयर बजारमा केही सुधार ल्याइरहेको छ । बैंक ब्याजदर घट्दै जानु, बैंकमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहनुजस्ता कारणले पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

कारोबार रकमका आधारमा साताभरमा बिहीबार सर्वाधिक बढी कारोबार भएको छ । आइतबार ६ अर्ब रूपैयाँमाथि कारोबार भएकोमा सोमबार ४ अर्ब ५६ करोड रूपैयाँ, मंगलबार ५ अर्ब ५३ करोड, बुधबार ५ अर्ब ७४ करोड र बिहीबार ७ अर्ब रूपैयाँ बढीको कारोबार भएको छ ।

 

अघिल्लो साता २२ अर्ब ७५ करोड कारोबार रकमसहित ३.३० प्रतिशतले बढेको बजार यो हप्ता भने झन्डै २९ अर्बको कारोबार रकमका साथ ४ प्रतिशतले बढ्कोे छ । साताको अन्तिम दिनसम्म आइपुग्दा बजार पुँजीकरण ४ प्रतिशतले बढेर ३३ खर्ब ६२ अर्बबाट ३४ खर्ब ९६ अर्ब पुगेको छ । गत साताको बिहीबार २११९.७० विन्दुमा रहेको परिसूचक आइतबार २१४०.९८ विन्दुमा पुग्यो ।

 

त्यस्तै, सोमबार २१३६.३५ विन्दुमा झरेर मंगलबार २१५२.१५ विन्दुमा पुग्यो । बुधबार २१७५.४१ विन्दुमा पुगेर बिहीबार भने २२०४.६१ विन्दुमा पुगेको हो । १८००–२२०० सम्म चलेको बजारले ५ पटक २२०० बिन्दुलाई परीक्षण गरिसकेको छ । बजार घट्दा कारोबार रकम खुम्चिनु र बढ्दा राम्रो कारोबार आउनुले बजारले सानोतिनो अवरोधलाई छिचोल्दै अघि बढ्न सक्ने देखिएको छ ।