images
images

चीनबाट उपचार गराएर फर्किएकै दिन पुनले भेटे प्रधानमन्त्री दाहाललाई

काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन चार महिनापछि उपचार गराएर आज स्वदेश फर्किएका छन् । स्वदेश फर्किएका पुनले आजै साँझ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

जण्डिसबाट ग्रस्त पुन उपचारको क्रममा चीनमा चार महिना बसेका थिए । अहिले उनी पूर्ण स्वास्थ्यलाभ गरेर स्वदेश फर्किएको बताईएको छ । पुनको उपचारमा उनकी पत्नी ओनसरी घर्तीमगरसमेत सहभागी थिईन् ।

आज साँझ पुन पत्नी ओनसरीसहित प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार पुगेका थिए । सो क्रममा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलपनि सहभागी थिए ।