images
images

त्रिशूलीमा भेटियो बेपत्ता बसको पर्दा र एउटा ट्राउजर

काठमाडौँ – नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपपालिका-२९ सिमलतालस्थित त्रिशूलीमा नदीमा आज बिहान बेपत्ता बसको पर्दा भेटिएको छ।

यात्रुसहित बेपत्ता बस खोज्न खटिएको गोताखोरको टोलीले बसको पर्दा फेला पारेको हो। साथै एउटा ट्राउजर पनि भेटिएको छ। बेपत्ता भएका दुई बस र यात्रुको अवस्था भने अझै अज्ञात छ।

शुक्रबार बिहान ३ बजेतिर वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस पहिरोले बगाउँदा त्रिशूलीमा बेपत्ता भएका थिए।

तस्बिर: जिप्रका, चितवन