काठमाडौं- तेस्रो कार्यकालमा पाँचौँ पटक विश्वासको मत लिन असफल पुष्पकमल दाहाल प्रचण्ड निजी निवास खुमलटार सरेका छन् ।
उनी शुक्रबार साँझ सरकारी निवास बालुवाटार छाडेर खुमलटारस्थित भाडाको निवसामा पुगेका हुन् । उनलाई निजी निवास खुमलटारमा स्वागत स्थानीय संघसंस्थाका प्रतिनिधिहरू र माओवादी कार्यकर्ताले स्वागत गरे ।
प्रधानमन्त्री आउनासाथ बाजागाज र गीतसंगीत गुञ्जिन थाल्यो । उनलाई खादा र माला पहिर्याइयो । संसद भवनमा निकै उदास देखिएका प्रचण्ड निवासमा पाएको न्यानो स्वागतले अलिकति उज्याला बने । उनले छोटो सम्वोधन पनि गरे ।