काठमाडौं – चितवनमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरुको खोजीकार्य प्रभावकारी बनाउन वाटर ड्रोनको प्रयोग सुरु गरिएको छ ।
असार २८ गते त्रिशुलीमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु गरिएको हो ।
र्याफ्टबोटमा जडान गरेर पानी भित्रको वस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्याउने सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नम्बर १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज बेपत्ता यात्रुको खोजीकार्यमा परिचालित छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । बसमा सवार तीन जना पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।


लाल्टिन खबर 






