images
images

सीमलताल दुर्घटनाः गोलाघाटमा भेटियो एउटा शव, बसका यात्रु भए/नभएको पहिचान हुँन बाँकी

चितवन– पश्चिम चितवनको गोलाघाटको नदीबीचमा एक व्यक्तिको शव भेटिएको छ। हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरु खोज्ने टोली परिचालन भइरहेको अवस्थामा गोलाघाटको नदी बीचमा एक पुरुषको शव भेटिएको हो।

चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो। करिब ३०÷३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको जनाइएको छ। तर यकिन ठेगाना पत्ता लागेको  छैन। हराएका बसहरुको यात्रु हुन् वा होइनन् भन्नबारे पनि खोजी भइरहेको रिजालले बताए। हिजो काठमाडौँबाट गौर जाँदै गरेको २७ यात्रु सवार बस र वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको २४ यात्रु सवार बस पहिरोले बगाएर त्रिशूली नदीमा खसेका थिए। ३ यात्रु भने पौडीएर बाँच्न सफल भएका थिए।

शुक्रबार दुईवटा गुडिरहेको बसलाई पहिरोले बगाएर त्रिशूलीमा डुबाउँदा ५० भन्दा बढी यात्रु बेपत्ता भएका छन्। बससहित उनीहरुको खोजी तथा उद्धार बिहानैदेखि गोताखोरसहितको प्रहरी टोली त्रिशूली तथा नारायणी नदी क्षेत्रमा तैनाथ गरिएका छन्।

चितवन प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी तटीय क्षेत्रमा इलाका क्षेत्रका सबै प्रहरीहरु खोजी तथा उद्धार कार्यमा बिहानैदेखि लागेका छन्।