images
images

सुरु भयो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ -नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको छ।

बैठकमा नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँड र मन्त्रीका लागि नेताहरुको नाम टुङ्गो लगाउने निर्णय हुनेछ । साथै पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल हुने कांग्रेसले बताएको छ ।

साथै नेपाली कांग्रेसको भागमा गृह मन्त्रालय पर्ने भएसँगै सुशासन कायम गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनेबारेमा पनि छलफल हुने बताइएको छ।