डोनल्ड ट्रम्पमाथि यसरी चल्यो गोली (तस्बिरमा)

काठमाडौं- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।अमेरिकाको पेन्सिल्भेनियाको बटलरमा शनिबार भएको एक र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प एउटा चुनावी र्‍यालीमा सम्बोधन गर्दै थिए । पेन्सेल्भेनिया राज्यको बट्लरमा आयोजित एक चुनावी सभालाई सम्बोधन गरिरहेको बेला उनी लक्षित गोली चलेको हो । गोली लागेर ट्रम्प घाइते भएका छन् । घटनामा एक जना मारिएका छन् ।

यो घटनापछि डोनाल्ड ट्रम्प आफ्नो दाहिने कानमा हात राखेको देख्न सकिन्छ । ट्रम्पको र्‍यालीमा धेरै पटक गोली चलेको आवाज सुनिएको थियो ।

पूर्व राष्ट्रपति ट्रम्पले आफूलाई मेरो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताएका छन् । चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो ।

उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो ।

ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका बीबीसीले उल्लेख गरेको छ । उक्त घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको छ । बीबीसी

सम्बन्धित खबर :

ट्रम्पलाई गोली हान्ने युवकको परिचय खुल्यो

एलोन मस्कले घातक र्‍याली शूटिंग पछि डोनाल्ड ट्रम्पलाई ‘पूर्ण रूपमा समर्थन’ गरे

ट्रम्पमाथि गोली प्रहार घटनाले विश्व तरंगितः गोली हान्ने व्यक्ति र एक समर्थकको मृत्यु