काठमाडौँ – काठमाडौको ठमेलस्थित एक होटलबाट ठुलो परिणाममा लागु औषध कोकिनसहित मलेसियाकी ४७ वर्षीया बाथुमा पक्राउ परेकी छन् ।
उनलाई काठमाडौँ सिटी होटलबाट नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।
कोठाको खान तलासी गर्दा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो । बरामद भएको ५ किलो ८२० ग्रामको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ हुन आउने प्रहरीको भनाई छ ।


लाल्टिन खबर 






