images
images

मुटुमा समस्या आएपछि फेरि अस्पताल भर्ना भए राष्ट्रपति पाैडेल

राष्ट्रपति रामचन्द्र पौडेल पुन: अस्पताल भर्ना भएका छन् । मुटुमा फेरि समस्या देखिएपछि गए राति उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकाे उनकाे सचिवालयले जनाएकाे ।

स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार, अहिले भने राष्ट्रपति पाैडेलकाे स्वास्थ्य अवस्था सामान्य छ । यसअघि गत मंगलबार बिहान अचानक छाती दुखेपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएका पाैडेल भाेलिपल्ट अर्थात बुधबार डिस्चार्ज भएका थिए ।