काठमाडौं- जनता समाजवादी पार्टी नेपालका राजनीतिक समिति सदस्य विजयकुमार राय दनुवार लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रवेश गरेका छन् ।
लोसापा पार्टी कार्यालय बबरमहलमा आज अध्यक्ष महन्थ ठाकुरले दनुवारलाई पार्टी प्रवेश गराएका हुन् । पार्टीमा स्वागत गर्दै अध्यक्ष ठाकुरले दनुवारलाई उचित जिम्मेवारी दिइने बताए ।
पछिल्लो समय अन्य दल परित्याग गर्दै लोसपामा प्रवेश गर्ने क्रम बढेको छ ।
ठाकुरले नवप्रवेशी सुनुवारलाई पार्टी सदस्यता प्रदान गरेका थिए ।