काठमाडौं –नेकपा एमालेले उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई पठाउने भएको छ। उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने गरी सञ्चार मन्त्रालयमा पठाउन लागेको एक नेताले बताए।
राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिक, विद्या भट्टराई शिक्षा, मानवीर राई रक्षा मन्त्रालयको जिम्मेवारी दिँदैछन्।
उद्योगमन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिँदै छन्।
एमालेबाटै राजकुमार गुप्ता पनि मन्त्री बन्ने एक नेताले बताए।