कोलम्बियालाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौं- अर्जेन्टिनाले कोपा अमेरिका–२०२४ को उपाधि जितेको छ । कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिका उपाधि जितेको हो ।

हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले ११२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । उनी यो संस्करणमा ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बने ।

६६ औं मिनेटमा कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीलाई चोटका मैदानबाट बाहिरिएका थिए । अपराजित कोलम्बियालाई अर्जेन्टिनाले स्तब्ध पारेको हो । २०२१ मा कोपा अमेरिका जितेको अर्जेन्टिनाले २०२२ मा विश्वकपको उपाधि जितेको थियो ।