images

प्रधानमन्त्री ओलीसहित यी २१ मन्त्रीले शपथ लिंदै

काठमाडौं – नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउने छन् भने त्यसपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराउने छन् । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि राष्ट्रपति पौडेलले आइतबार अपराह्न ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए ।

संविधानको धारा ७६ (२) मा भनिएको छ, ‘उपधारा १ बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट शुक्रबार पदमुक्त भएपछि एमाले र कांग्रेसको समर्थनमा ओली पुनः सरकारको नेतृत्व गर्न पुगेका हुन् । ओली चौंथो पटक नेपालको प्रधानमन्त्रीमा बनेका हुन् ।  एमाले–कांग्रेसको गठबन्धनलाई साना दलले समेत समर्थन गरेका छन् ।

मन्त्री बन्नेहरुको सूची

१. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२. विष्णु पौडेल – उपप्रधान तथा अर्थ
३. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४. रमेश लेखक – गृह
५. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
६. आरजु राणा – परराष्ट्र
७. शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
८. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
९. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१०. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
११. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१२. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१३. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१४. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१५. तेजुलाल चौधरी – युवा तथा खेलकुद
१६. मानवीर राई – रक्षा
१७. दीपक खड्का – ऊर्जा
१८. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१९. ऐनबहादुर शाही – वन तथा वातावरण
२०. प्रदीप यादव – खानेपानी
२१. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी