images

लोसपाका माननीय नेता शरतसिंह भण्डारी श्रममन्त्री बन्ने

काठमाडौं, ३१ असार- लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी नयाँ सरकारमा सहभागी हुने भएका छन् ।

उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले जनाएको छ ।

भण्डारी एक मात्र यस्ता नेता हुन् जो कुनै व्यवस्था वा सरकार परिवर्तन हुदा अवसरबाट बन्चित भएका छन् । पंचायत बदलिएर प्रजातन्त्र आउदा होस् वा गणतन्त्र आउदा होस्, उनी मन्त्री बन्ने क्रम अहिले पनि जारी रहेको छ । उनको नाममा सबै व्यवस्थामा मन्त्री बनेको नयाँ किर्तिमान छ ।