वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधार अभियानलाई निरन्तरता दिन्छु: श्रममन्त्री भण्डारी [भिडियाे सहित]

काठमाडौँ – नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेको छन् ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गर्नुभएको हो । उहाँ यसअघिको सरकारमा पनि वि.सं २०७९ चैत १२ गते श्रममन्त्री नियुक्त भएको थिए।

विभिन्न समयमा मन्त्री बन्दै आएका उनी १३ औँ पटक मन्त्री बनेको हो । पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने बताए ।

“वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसङ्गति हटाउन मैले अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिनेछु”, उनले भने।

मन्त्री भण्डारीले देशभित्र रोजगारको सुनिश्चिता गर्दै वैदेशिक रोजगारको बाध्यता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउनमा जोड दिने उल्लेख गरे।

“अहिले जुन स्थितिमा यो सरकार आएको छ, चुनौतीहरु छन् । यस अवस्थामा हामीले कुनै किसिमका नाटक र स्टन्ट गर्ने छुट छैन”, उनले भने, “हामीले इमानदारी र  अध्ययन नगरी, प्रतिफल दिन नसक्ने काम गर्‍यौँ भने त्यो हाम्रो असफलता हुन्छ ।”

मन्त्री भण्डारीको राजनीतिक यात्रा 
उहाँ महोत्तरी–२ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएको हो ।

भण्डारीले वि।सं २०३२ मा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई विद्यार्थी राजनीति सुरु गरेको हो । २०३६ सालमा नेपाली कांग्रेसको पार्टी राजनीतिमा प्रवेश गरेका उनी बहुदलीय व्यवस्थापछि पञ्चायती राजनीतिसँग नजिक भए ।

भण्डारी वि।सं २०५१ पछि पुनः कांग्रेसको राजनीतिमा सक्रिय भएको हो । वि.सं. २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुँदै उनको संसदीय यात्रा सुरु भएको थियो । वि।सं २०४४ मा पहिलोपटक स्थानीय विकास सहायकमन्त्री बनेको थिए । मधेस आन्दोलनपछि उनी मधेसी जनाधिकार फोरममा आबद्ध भए। त्यसपछि राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको अध्यक्ष मण्डलको सदस्यको जिम्मेवारीमा रहे।

२०५१ सालमा स्वतन्त्र र २०५६ मा कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भण्डारी २०६४ सालको संविधान सभामा महोत्तरी–४ बाट मधेशी जनाधिकार फोरमका तर्फबाट निर्वाचित भएको थिए । उनी वि.सं. २०३८ मा सुधारिएको पञ्चायती व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा निर्वाचित भएको थिए । त्यसयता उनी पटकपटक निर्वाचित हुँदै मन्त्री नियुक्त भएको छन् ।

नेविसङ्घको राजनीति गर्ने क्रममा राजकाजसम्बन्धी मुद्दा लागेपछि उहाँ २०३४ सालमा तीन महिना भारत निर्वासनमा बसेको थिए । २०५१ सालमा स्वतन्त्र सांसदका रुपमा निर्वाचित भण्डारीले २०५२ सालमा बिनाविभागीय राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेको थिए ।

उनले वि.सं. २०७० मा राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गरे। सोही वर्ष उहाँ संविधानसभा निर्वाचनमा पराजित भएको थिए । उनी २०७४ साल र २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भए । मन्त्री भण्डारीले गोरखा दक्षिणबाहु र संविधानसभा पदक प्राप्त गरेको छन् ।

पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने बताए ।