प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

१ साउन, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा छनले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिएका थिए ।सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राजदूतसोले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउनका लागि व्यवहारिक सहयोगमा गति दिन सहमत छौं ।’