images
images

सूर्यविनायक–धुलिखेल सडक बिस्तार समयमै पूरा गर्न मन्त्री ज्वालाको निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई  सूर्यविनायक(धुलिखेल सडक बिस्तार समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आज सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले मन्त्रालयले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गर्ने बताए । मन्त्री ज्वालाको नेतृत्वमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललगायतको टोलीले सडकखण्डको अनुगमन गरेको थियो ।

सूर्यविनायक–धुलिखेल सडकखण्ड दुई खण्डमा विभाजन गरी हाल सडक विस्तारको काम भइरहेको छ । हाल सडकका दुवै किनारमा पर्खाल निर्माण भइरहेको छ ।

कुल १६ किलोमिटर लम्बाइ रहेको यस सडकखण्ड विस्तारको काम गत वर्षबाट सुरु गरिएको हो । झन्डै रु आठ अर्ब ४२ करोड लागतमा निर्माण भइरहेको सडकखण्डमा तीन स्थानमा पक्की पुलसमेत निर्माण गरिने आयोजनाका प्रमुख राजेन्द्र दासले जानकारी दिनुभयो ।

तीन वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँ(बायाँ पाँच(पाँच मिटरको सर्भिस लेन र साढे दुई मिटरको पैदलयात्रुमार्गको निर्माण गरिनेछ ।रासस