काठमाडौं- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई खादा(माला नलगाइदिन आग्रह गरेका छन्। ओलीले आफूलाई सकेसम्म म्यासेन्जरबाटै सन्देश पठाउन आग्रह गर्दै भेटमा पनि खादामालाको प्रयोग नगर्न अनुरोध गरेका हुन्।
‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्,’ बुधबार सामाजिक सञ्जालमा ओलीले लेखेका छन्, ‘प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छु।’
एमाले(कांग्रेसको गठबन्धनबाट चौंथो पटक मुलुकको प्रधानमन्त्री बनेका ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। साथै, ओलीले २२ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।


लाल्टिन खबर 





