प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ८ दशमलव ८९ विन्दुले बढेको छ ।

यससँगै सूचक २३७३ दशमलव ५२ अंकमा आएको छ । यस सेसनमा ६० लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हँदा ८५ कम्पनीको १७ हजार १ सय ८६ कित्ता सेयर कारोबार भएको छ ।

कुल ६३ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ ।यो सेसनमा कुल १ सय ७७ वटा कारोबार भएको हो ।