images
images

गोकर्णेश्वरका मेयर र प्रशासकीय अधिकृतविरुद्ध वन मुद्दा

काठमाडौं । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अनुमति नै नलिई जथाभावी डाँडा र रूख काटेपछि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल र प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठराज सापकोटालाई मुद्दा लागेको छ ।

राष्ट्रिय निकुञ्ज क्षेत्रमा अनुमति नलिई जथाभावी डोजर र स्काभेटर चलाएपछि उनीहरूविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार मुद्दा दायर गरिएको हो । मुद्दामा डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन गर्नु पर्नेमा त्यस्तो नगरेकोले विस्तृत अनुसन्धान गरी कानुनी कारबाही गर्न सिफारिस गरिएको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख गणेश पन्तका अनुसार उक्त मुद्दामा मेयर रिसाल र प्रमुख प्रशासकीय अधिकृत सापकोटा जनही ५० हजार रुपियाँ धरौटीमा रिहा हुनुभएको छ ।

कार्यालय प्रमुख पन्तले उहाँहरू दुवै जनाले नियमविपरीतको काम गरेको पाइएकाले पछि कानूनबमोजिम कारबाही ठहर हुने गरी हाललाई धरौटी लिएर तारेखमा छोडिएको जानकारी दिनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।