images
images

रिल्स बनाउने क्रममा झरनामा खसेर एक युवतीको मृत्यु

पछिल्लो समय सामाजिक सञ्जालमा युवा युवतीको क्रेज बढ्दो छ। फेसबुक, टिकटक, इन्स्ट्रालगायतका सामाजिक सञ्जालमा रिल्स बनाउने क्रम पनि उस्तै छ।

सामाजिक सञ्जालमा राख्नका लागि रिल्स बनाउने क्रममा विभिन्न अकल्पनीय घटनाहरू पनि भइरहेका हुन्छन्। तर, यस्ता घटनाहरू भइरहे पनि सञ्जालमा प्रयोकर्तामा भने कमी आएको छैन।

हालै छिमेकी मुलुक भारतमा पनि रिल्स बनाउने क्रममा एक युवतीको मृत्यु भएको छ।  रिल्स बनाउने क्रममा झरनामा चिप्लिएर ३०० फिट तल खसेर एक भारतकी  २७ वर्षीया आन्भी कम्दारको मृत्यु भएको हो। पेशाले चार्टर्ड अकाउन्टेन्ट रहेकी उनी इन्ट्राको एक्टिभ युजर हुन्।