images
images

प्रधानमन्त्री प्रचण्डको निर्देशन:बाढी पहिरोमा बेपत्ता भएकाको खोजी तीव्र गर्न

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न जिल्लामा गएको बाढी पहिरोका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् 

उनले बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन् ।

गएरातिदेखि परेको भारी वर्षाका कारण सङ्खुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १६ जना बेपत्ता भएका छन् । यता ताप्लेजुङमा पनि पहिरोमा परी ४ जना बेपत्ता भएका छन् ।