images
images

प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकार रिमाल, आर्थिकमा खतिवडा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको दुई महत्वपूर्ण सल्लाहकार नियुक्त गरेको हो।

पार्टीका उपमहासचिव रिमाल यसअघि ओली प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकारकै भूमिकामा थिए भने खतिवडा भने अर्थमन्त्री थिए।