बारा- बाराको सिम्रौनगढ नगरपालिका–२ महुवाहीबाट नेपाली एक हजार दरका ८५ थान नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ महुवाही बस्ने ३५ वर्षीय छठु गिरी रहेका छन् ।
उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले महुवाहीबाट नयकाटोलतर्फ जाँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


लाल्टिन खबर 






