काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिँदैछन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘पार्टीले आधिकारिक निर्णय गरेको छैन, तर प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन पार्टी सकारात्मक छ ।’
वर्तमान गठबन्धनलाई जसपा नेपालले समर्थन गरेपनि प्रदेशदेखि संघसम्म सरकार बाहिरै रहेको छ । मधेश प्रदेशमा कांग्रेस–एमाले गठबन्धनबाट जनमत पार्टी नेतृत्वको सरकार रहेको छ । त्यो सरकारलाई जसपा नेपालले समर्थन गरेको छैन । संघीय सरकारलाई समर्थन रहेको भनिए पनि संसदीय दलबाट यसको आधिकारिक निर्णय आउन बाँकी छ ।